arrow

संविधान र गणतन्त्रमाथि छेडखानी गर्नु गलत हो : प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ६ बुधबार
prachanda-bara.jpg

बारा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र गणतन्त्रमाथि छेडखानी गर्न नहुने बताएका छन् । 

बाराको सिमरामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, “शान्ति सम्झौता वर्तमान संविधानको एउटा अङ्ग हो । संविधान र गणतन्त्रलाई छेडखानी गर्नु भनेको शान्ति सम्झौतालाई छेडखानी गर्नु हो ।” 

दाहालले संविधानलाई विकास गर्न सकिने तर पछाडि फर्काउन नसकिने स्पष्ट पारे । हुलाकी राजमार्गसँग माओवादी केन्द्र र आफ्नो भावनात्मक सम्बन्ध रहेको उनको भनाइ थियो । 

दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया कुरामा मात्रै सीमित रहेको बताए ।

चितवन हुँदै सिमरा आइपुगेका दाहाल यसअघि स्थगित भएको तराई-मधेस जागरण अभियानलाई निरन्तरता दिन आएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ