arrow

प्रतिनिधि सभामा सांसदको प्रश्न

‘सिन्धुपाल्चोकमा समातिएको भेप भाटभटेनी साहुको, पार्टीको जग्गादाता भनेपछि कुनै कारबाही नहुने हो कि के हो ?’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ७ बिहिबार
lower-house-81-12-7.jpg

काठमाडौँ । सिन्धुपाल्चोकमा हालै समातिएको भेप भाटभटेनी सुपरमार्केटका साहु मीनबहादुर गुरूङको भएको खुलेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिषकुमार झा र नेकपा माओवादी केन्द्रबाट सांसद गंगा कार्कीले सो दाबी गरेका हुन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेलाई जग्गा दान गर्ने भाटभटेनीका साहु मीनबहादुर गुरूङको समान ल्याइरहेको ट्रकबाट उक्त समान बरामद भएको दाबी गरेका हुन् ।

‘‘भाटभटेनी सुपरमार्केटको समान लिएर आएको ट्रकवाट ७४० थान भेप समातिएको छ, प्रधानमन्त्रीको पार्टी कार्यालय बनाउने दाता भएकाले त्यसलाई संरक्षण नगरियोस् भन्न चाहान्छु’ झाले भने । 
 
एमालेका जग्गा दाता मिनबहादुर गुरूङको समान लिएर आएको ट्रकमा अवैध भेप भेटिएको छ, जग्गा दाता भनेपछि कुनै कारबाही नहुने हो कि के हो ?’ सांसद झाले प्रश्न उठाएका हुन् ।

 ‘ना ६ ख ५४९६ ट्रक तातोपानी भन्सार नाका, अस्थायी प्रहरी चौकी बार्हबिसेले समातेको छ, यो ट्रक भाटभटेनीको साउको भएको खुलेको छ, यसमा छानबिन गर्न जरूरी छ,’ उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ