arrow

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ८ शुक्रबार
accident-final.jpg

पोखरा । म्याग्दीमा बिहीबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं २ लुलाङका २१ वर्षीय पूर्णलाल सराईली र १८ वर्षीय डेविन विक छन् ।

सराईलीको घटनास्थलमै र विकको ताकम स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले म्याग्दीले जनाएको छ ।

बिहीबार साँझ करिब ६ बजे धवलागिरी गाउँपालिका-२ लुलाङको पाखापानीमा ग१त ७१९६ नम्बर प्लेटको ट्र्याक्टर दुर्घटनामा परेको छ ।

धवलागिरी गाउँपालिका वडा नं १ गुर्जादेउरालीमा सामान छोडेर फर्कनेक्रममा सडकदेखि अन्दाजी सय मिटर तल खसेको थियो ।

दुर्घटनामा ट्र्याक्टर चालक सोही स्थानका राजकुमार सुनारसहित घाइतेहरुको धवलागिरी–७ ताकमस्थित स्वास्थ्य केन्द्रमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ