arrow

सबैभन्दा महँगो भाउमा पुगेको सुन शुक्रबार एक हजार रुपैयाँले घट्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ८ शुक्रबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । नेपाली बजारमा लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । 

यसअघि बुधबार छापावाल सुनको भाउ हालसम्मकै उच्च १ लाख ७६ हजार रुपैयाँ कायम भएको थियो । 

बिहीबार पनि सुनको भाउ सोही मूल्यमा स्थिर कायम भएको थियो । यता, आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले घटेर १९ सय ९५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला २ हजार ३० रुपैयाँ कायम रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ