शनिबारदेखि सेतो मछिन्द्रनाथको रथयात्रा, निर्माण शुरू [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २० बुधबार
660
Shares
काठमाडौँ । सेतो मछिन्द्रनाथको रथ निर्माण तीनधारा पाठशाला अगाडि शुरू भएको छ । आउँदो शनिबार चैते दशैँदेखि शुरू हुन लागेको सेतो मछिन्द्रनाथ (आर्यावलोकितेश्वर) को रथयात्राको लागि तयारी स्वरूप रथ निर्माण भइरहेको हो ।
केल टोलस्थित मछिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गे मुढा, असन कमलाक्षी हुँदै जमलको तीनधारा पाठशालामा ल्याइ रथमा विराजमान गराइसकेपछि रथयात्रा शुरू हुने गर्छ ।
जात्राको पहिलो दिन जमलदेखि असन, दोस्रो दिन असनदेखि हनुमान ढोका, तेस्रो दिन लगनसम्म पुर्याइन्छ ।