काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेसँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यो हालसम्मकै उच्च मूल्य हो । यसअघि बुधबार सुन १ लाख ७९ हजार १ सय रुपैयाँ कायम भएको थियो । आज चाँदीको भाउ भने सामान्य घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेको हो ।
यससँगै चाँदी तोलामा १९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी २ हजार २० रुपैयाँमा किनबेच भएको थियो।