arrow

दुई सांसदलाई इजरेलले लियो हिरासतमा, बेलायतले भन्यो- निर्णय ‘अस्वीकार्य’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २५ सोमबार
england-flag.jpg

काठमाडौँ । बेलायतका विदेशमन्त्री डेभिड लामीले शनिबार इजरेलले बेलायतका दुई सांसदलाई हिरासतमा लिएको र उनीहरूलाई प्रवेश गर्न अस्वीकार गरेको कुरा ‘अस्वीकार्य’ भएको बताएका छन् ।

बेलायती सञ्चार माध्यमहरूका अनुसार सत्तारूढ लेबर पार्टीका युआन याङ र अब्तिसाम मोहम्मद लन्डनबाट इजरेल पुगेको तर उनहरूलाई देश प्रवेश गर्नबाट रोकिएको थियो र निष्कासित गरिएको थियो ।

“इजरायल जाने संसदीय प्रतिनिधिमण्डलका दुई बेलायती सांसदलाई इजरेली अधिकारीहरूले हिरासतमा लिएको र प्रवेश गर्न अस्वीकार गरेको कुरा अस्वीकार्य, प्रतिकूल र गहिरो चिन्ताको विषय हो”, लामीले एक विज्ञप्तिमा भने, “बेलायती सांसदहरूलाई व्यवहार गर्ने यो कुनै तरिका होइन र हामी आज राती दुवै सांसदहरूसँग सम्पर्क गरेर हाम्रो समर्थन प्रस्ताव गरेका छौँ भनेर मैले इजरेली सरकारका मेरा समकक्षीहरूलाई स्पष्ट पारेको छु । बेलायत सरकारको ध्यान रक्तपात रोक्न, बन्धकहरूलाई मुक्त गर्न र गाजामा द्वन्द्व अन्त्य गर्न युद्धविराम र वार्तामा फर्कने कुरामा केन्द्रित छ ।”

यस घटनाले लामी र विपक्षी कन्जर्भेटिभ नेता केमी बाडेनोक बीच घरेलु विवाद निम्त्याएको छ । बाडेनोकले आइतबार स्काई न्युजलाई उन ‘इजरायलमा लेबर सांसदहरूबाट आउने धेरै बयानबाजीको बारेमा धेरै चिन्तित’ भएको र दुई सांसदलाई हिरासतमा लिइएको बारे ‘आश्चर्यचकित नभएको’ बताए ।

लामीले एक्समा लेखेर जवाफ दिए, “तपाईंले अर्को देशलाई दुई बेलायती सांसदलाई हिरासतमा लिने र निष्कासित गर्नका लागि समर्थन गर्नु लज्जाजनक छ ।”

गत महिना हमाससँगको युद्धमा अल्पकालीन युद्धविराम समाप्त गरेर सैन्य कारबाही पुनः सुरु भएपछि इजरेलले गाजा पट्टीमा क्षेत्र कब्जा गर्न जोड दिएको छ । यसलाई उसले हमासका लड़ाकुहरूलाई अझै बन्धक भइरहेका मानिसहरूलाई मुक्त गर्न बाध्य पार्ने रणनीति भनेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ