arrow

फुल्हमले लिभरपुललाई चखायो हारको स्वाद, साउथह्याम्पटन रेलिगेशनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २५ सोमबार
epl-2025-liv-fulham.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलमा उपाधि नजिक पुगेको लिभरपुलले हारको स्वाद चाखेको छ । गएराति भएको खेलमा लिभरपुललाई फुल्हमले हराएको हो । फुल्हम घरेलु मैदानमा ३–२ ले विजयी भयो । 

एलेक्सिस म्याक एलिस्टरको गोलबाट प्रारम्भिक अग्रता लिएको भए पनि लिभरपुलले त्यसपछि लगातार तीन गोल खाएसँगै खेलमा फर्किन सकेन । 

लुइस डियाजले ७२ औँ मिनेटमा गोल गर्दै खेलमा फर्काउने प्रयास गरे पनि त्यसपछि लिभरपुलले गोल गर्न नसक्दा हार बेहोर्नु पर्यो । 

यो खेलमा विजयी भएको भए उपाधि दावेदारी अझ साँघुरो हुने थियो । तर पनि उसको पछाडि निकै अंक भएकाले उपाधि खोसिने सम्भावना छैन । 

यता उपाधिका दावेदार मानिएका चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेसँगै लिभरपुलको उपाधि यात्रा अझ बलियो भएको छ । 

चेल्सीलाई ब्रेन्टफोर्डले गोलरहित बराबरीमा रोक्यो । त्यस्तै म्यानचेस्टर डर्बीमा म्यानयुले घरेलु मैदानमा म्यानसिटीसँग गोलरहित बराबरी खेलेको छ । 

गएरातिको अर्को खेलमा टोटनह्याम हट्सपरले साउथह्याम्पटनलाई ३–१ ले हरायो ।

अंक तालिका
३१ खेलबाट लिभरपुलको ७३ अंक छ । दोस्रो स्थानको आर्सनलको ६२, तेस्रो नटिंघम फरेस्टको ५७, चौथो चेल्सीको ५३ तथा पाँचौ म्यानसिटीको ५२ अंक छ । 

इप्सविच टाउन, लेस्टर सिटी र साउथह्याम्पटन रेलिगेशन क्षेत्रमा छन् । साउथ ह्याम्पटन त सात खेल खेल्न बाँकी छँदै रेलिगेशनमा पर्ने पहिलो टिम बनेको छ । उसको मात्र १० अंक छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ