arrow

ओर्लदै सुनको भाउ, तोलाको चार सयले घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २६ मंगलबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ घट्दै गएको छ । मंगलबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनको मूल्य तोलाको एक लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ