काठमाडौँ । नयाँ वर्ष २०८२ को उत्साहजनक अवसरलाई स्वागत गर्दै गोदरेजले “गोदरेजसँग नयाँ सुरुवात” अभियान सार्वजनिक गरेको छ ।
घरमा खुसी र ऊर्जा थप्न, गोदरेजले रु.३०,००० सम्मको क्यासब्याक र आकर्षक उपहारसहित नयाँ वर्षको विशेष अफर प्रस्तुत गरेको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै चौधरी ग्रुपले अभियानका मुख्य आकर्षणहरू यसरी बताएको छ :
• चेस्ट फ्रिजर्स र सिंगल डोर रेफ्रिजिरेटर्समा आकर्षक क्यासब्याक ।
• डबल डोर रेफ्रिजिरेटर्समा नि:शुल्क फ्राइ प्यान वा कासेरोल ।
• साइड बाइ साइड रेफ्रिजिरेटर्समा नि:शुल्क मिक्सर ग्राइन्डर ।
• वाशिङ मेशिन्स (टप लोड र विन टब) मा नि:शुल्क एरियल म्याटिक डिटर्जेन्ट (४ केजी/२केजी)
• माइक्रोवेभ्स ओपन्समा नि:शुल्क कुकिंग किट ।
• एयर कन्डिस्नरमा नि:शुल्क इन्स्टलेसन ।
• नि:शुल्क डेलिभरी र इन्स्टलेसन ।
• वाशिङ मेशिन मोटरमा १० वर्षको वारेन्टी ।
सुविधाजनक खरीदका लागि:
• शून्य प्रतिशत ब्याजमा ईएमआई सुविधा उपलब्ध ।
• पुराना सामान साट्ने सीजीएक्स एलिक्स सुविधा ।
यस अफर सम्पूर्ण नेपालभरिका सीजी एलेक्ट्रोनिक्सको गोदरेज आउटलेटहरूमा उपलब्ध रहेको सीजीले जनाएको छ । सीमित समयका लागि लागू हुने यो योजना अन्तर्गत ग्राहकहरूले आफ्नो घरलाई आधुनिक, स्मार्ट, र आरामदायी बनाउनको लागि उत्कृष्ट अवसर पाउन सक्नेसमेत सीजीको दाबी छ ।