arrow

नयाँ वर्ष २०८२ मा सीजीका साना घरायसी उपकरणको खरिदमा थाइल्यान्ड घुम्न अवसर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २७ बुधबार
cg-sad-meridia-signature-series.jpg

काठमाडौँ। नयाँ वर्ष २०८२ को अवसरमा नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजी एसडीएले लेभल उप अभियान अन्तर्गत  "लेभल उप! विथ सीजी, लाइफ हुन्चा इजी" नामक उपभोक्ता योजना घोषणा गरेको छ। साना घरायसी उपकरण (एसडीए) प्रवर्द्धन गर्न लक्षित यो अभियानले ग्राहकहरूलाई रोमाञ्चक पुरस्कार जित्ने अवसर प्रदान गर्नेछ।

कम्पनीका अनुसार, यो योजना २२ चैत्रदेखि लागू गरिएको छ। योजनामा सहभागी हुन ग्राहकहरूले सीजी SDA उत्पादनहरू खरिद गरी क्युआर कोड स्क्यान गरेर आवश्यक विवरण भर्नुपर्नेछ।

योजनाका मुख्य आकर्षणहरू:

  • साप्ताहिक पुरस्कारहरू: ग्राहकहरूले अभियान अवधिभर हरेक हप्ता आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्।
  • बम्पर पुरस्कार: अभियानको अन्त्यमा, सहभागीहरूले थाइल्यान्ड भ्रमण र सिजी मेघौली सेराईको विलासी यात्रा जित्ने अवसर पाउनेछन्।

कम्पनीका प्रतिनिधिहरूले जानकारी गराएअनुसार, यो योजना सीजी डिजिटलका आउटलेटहरू र देशभरका च्यानल पार्टनरहरू मार्फत सफलतापूर्वक कार्यान्वयन गरिएको छ।

सीजी, नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा, सधैँ उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै ग्राहकहरूको विश्वास जित्न सफल रहँदै आएको छ। आधुनिक प्रविधि र नवीनता भित्र्याउने अभियानमा निरन्तर अग्रसर रहँदै, यो योजना नयाँ वर्षलाई विशेष र उत्साहजनक बनाउन तयार गरिएको हो।

नयाँ वर्ष २०८२को स्वागतलाई थप उल्लासमय बनाउँदै, "लेभल उप! विथ सीजी, लाइफ हुन्चा इजी" उपभोक्ता योजना सीजीको प्रतिबद्धता र ग्राहक-केन्द्रित दृष्टिकोणको प्रमाण हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ