arrow

महावीरको विशाल हृदय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २८ बिहिबार
mahavir.jpg

काठमाडौँ । महावीर जैन धर्मका प्रवर्तक हुन् । इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन राजपरिवारमा जन्मिएका महावीर जैन तपस्या गर्न दरबार त्यागेर हिँडेका थिए । 

एक पटक महावीर जङ्गलमा तपस्या गरिरहेका थिए । उनी एकाग्र चित्तले प्रभुको ध्यानमा थिए । सो जङ्गलमा गोठाला पनि गाई, भेडा, बाख्रा चराउन आउँथे । गोठालाहरू अशिक्षित र अज्ञानी थिए, त्यसैले उनीहरूलाई तपस्याको महत्त्व थाहा थिएन ।

जब उनी भगवान् महावीरलाई तपस्या मग्न देख्थे, उनको खिल्ली उडाउँथे र ध्यान भङ्ग गर्ने कोसिस गर्थे , तर महावीर कहिले पनि यी कुराबाट विचलित भएनन् उनी आफ्नो तपस्यामा अटल भावले लागि रहे।
 
बिस्तारै सो कुरा नजिकको गाउँसम्म पुग्यो । केही ग्रामीण बासिन्दाहरू भगवान् महावीर भएको ठाउँमा आए । जब महावीरले आँखा खोले तब ती ग्रामीण मानिसहरूले भने,'भगवान्, नबुझेर गोठालाहरूले तपाईँलाई सताइ रहेका थिए । हामी उनीहरूको तर्फबाट क्षमा चाहन्छौ । हामीले यो सोचेका छौ कि हामी सबै मिलेर तपाईँको लागि एक कुटिको निर्माण गरूँ । त्यहाँ तपाईँको सुरक्षाको पनि प्रबन्ध होस , जसले तपाईँको साधनामा कुनै समस्या नहोस् ।'
 
भगवान् महावीरले उनीहरूको कुरा शान्तिसँग सुनेर भने,'यी गोठाला पनि मेरा आफ्नै हुन् । यदि बच्चाहरू मायाले माता-पिताको मुख आफ्नो स-साना हातले तान्न थाले भने माता-पिता उनीहरूलाई काखमा लिन अस्वीकार गर्छन् ? गर्दैनन् नि। तपाईँको धन मेरो लागि कुटि बनाउने अपेक्षा भन्दा आश्रम नभएकाहरूका लागि अधिक उपयोगी हुनेछ ।'
 
महावीरको हृदयको विशालतालाई देखेर ग्रामीण बासिन्दाहरू सहित अज्ञानी गोठालाहरू पनि उनको चरणमा नतमस्तक भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ