arrow

सुनको मूल्यले नयाँ रेकर्ड कायम, प्रतितोला १ लाख ८१ हजार नाघ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २८ बिहिबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ५ हजार ७०० ले बढेर रु १ लाख ८१ हजार १०० कायम भएको छ।

बुधबार प्रतितोला रु १ लाख ७५ हजार ४०० मा कारोबार भएको सुनको मूल्यमा यो भारी वृद्धि देखिएको हो।

चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार चाँदी प्रतितोला रु ६५ ले बढेर रु १ हजार ९०० पुगेको छ। बुधबार चाँदी प्रतितोला रु १ हजार ८३५ मा कारोबार भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ