arrow

माइडियाले “स्मार्ट जीवनको नयाँ युग” अभियान सुरु गर्दै आकर्षक अफर र लक्की ड्रको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २८ बिहिबार
cg-midea-smart-living-2025.jpg

काठमाडौँ। विश्वभर प्रख्यात घरेलु उपकरण निर्माता माइडिया (माइडिया) ले नेपालमा आफ्नो आधिकारिक वितरक सीजी इलेकट्रोनिक्ससँगको सहकार्यमा “स्मार्ट जीवनको नयाँ युग” भन्ने नारासहित विशेष अभियान सार्वजनिक गरेको छ।

यस अभियानमार्फत माइडियाले ग्राहकहरूलाई आकर्षक छुट, लक्की ड्र, क्यासब्याक जस्ता रोमाञ्चक प्रस्तावहरूसहित स्मार्ट जीवनशैलीलाई थप सहज र सुलभ बनाउने लक्ष्य लिएको छ।

आकर्षक उपहार र अवसर

  • अभियान अन्तर्गत माइडियाले आफ्ना आधुनिक प्रविधियुक्त उत्पादनहरू प्रस्तुत गर्दै छ।
  • ग्राहकहरूले निम्न उपहारहरू जित्न सक्नेछन्:
  • बम्पर लक्की ड्र: मिडिया ५१९ लिटरको मल्टी–डोर रेफ्रिजेरेटर
  • मासिक लक्की ड्र: मिडिया ८ केजी वाशिङ मेसिन

सुनिश्चित उपहार:

  • वाशिङ मेसिन वा डीडी रेफ्रिजेरेटर खरिदमा माइडिया राइस कुकर
  • साइड–बाई–साइड वा मल्टी–डोर रेफ्रिजेरेटर खरिदमा इन्डक्सन कुकर
  • ग्रिल वा कन्भेक्सन माइक्रोवेभ ओभनमा खाना पकाउने किट
  • डिशवाशरमा २ थान डिशवाशर ट्याब्लेट
  • साथै, ग्राहकहरूले ३७ हजार ७ सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्ने अवसर पनि पाउनेछन्।

उक्त अफरमा सहभागी हुन ग्राहकहरूले अभियान सामाग्रीमा रहेको क्युआर कोड स्क्यान गरी आफ्नो खरिद दर्ता गर्नुपर्नेछ, जसपश्चात् उनीहरूले उत्कृष्ट उपहार जित्न सक्नेछन्।

यो योजना चैत्र २७ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको हो।

माइडिया विश्वको एक अग्रणी घरेलु उपकरण निर्माता हो, जसले २०० भन्दा बढी देशहरूमा आफ्नो उपस्थिति जनाउँदै आएको छ। कम्पनीले स्मार्ट प्रविधिमा आधारित, उच्च गुणस्तरका उत्पादनमार्फत उपभोक्ताहरूको दैनिकीलाई सहज बनाउँदै आएको छ।

नेपालमा माइडियाका उत्पादनहरू चौधरी समूहअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले आधिकारिक रूपमा वितरण गर्दै आएको छ। सीजी इलेक्ट्रोनिक्स उपभोक्तामैत्री सेवा, गुणस्तर र सन्तुष्टिलाई सधैँ प्राथमिकता दिने प्रतिष्ठानका रूपमा स्थापित छ।

आजै माइडियासँग स्मार्ट जीवनशैलीको भविष्यलाई अँगाल्नुहोस्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ