arrow

दुर्गा प्रसाईँलाई अङ्गरक्षकसहित ल्याइयो काठमाडौं

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २९ शुक्रबार
gadi-durga.jpg

काठमाडौं । राजावादीको हिंसात्मक प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईँलाई प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको छ। उनलाई आज शुक्रबार मध्याह्न बुद्ध एयरको विमानमार्फत झापाको भद्रपुरबाट काठमाडौं ल्याइएको हो।

प्रहरीले प्रसाईँलाई उनका अङ्गरक्षक दीपक खड्कासहित नियन्त्रणमा लिएको छ। उनीहरूलाई नेपाल प्रहरीले नेपालको पूर्वी सीमावर्ती क्षेत्र काँकडभिट्टा नाकाबाट पक्राउ गरेको थियो। गत चैत ५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा हिंसा भड्काएपछि प्रसाईँ फरार थिए।

प्रहरीले प्रसाईँ र खड्कालाई पक्राउ गरी उक्त हिंसात्मक घटना र त्यसमा उनीहरूको भूमिकाबारे थप अनुसन्धान गर्ने जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ