arrow

भगुवा दुर्गा प्रसाईंलाई पक्रेर काठमाडौँ ल्याइयो, सरकारी वकिलको कार्यालयमा [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २९ शुक्रबार
durga-prasai-arrest-81-12-2.jpg

काठमाडौँ । गत चैत १५ गते राजधानीको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका मुख्य नाइके विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पक्राउ गरी काठमाडौँ ल्याएको छ । 

भारतमा लुकेर बसेका उनलाई भारतीय प्रहरीको सहयोगमा ल्याइएको हो । उनलाई शुक्रबार मध्याह्न बुद्ध एयरको विमानमार्फत झापाको भद्रपुरबाट काठमाडौँ ल्याइएको हो।

सो लगत्तै उनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थपका लागि सरकारी वकिल कार्यालयमा लगिएको छ । उनलाई म्याद थपेर थप अनुसन्धान हुनेछ । 

प्रहरीले प्रसाईँलाई उनका अङ्गरक्षक दीपक खड्कासहित नियन्त्रणमा लिएको छ। उनीहरूलाई नेपाल प्रहरीले नेपालको पूर्वी सीमावर्ती क्षेत्र काँकडभिट्टा नाकाबाट पक्राउ गरेको थियो । 

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा हिंसा भड्काएपछि प्रसाईँ एकाएक फरार थिए । गाडीमा निषेधित क्षेत्र तोडेर फरार भएका उनी ललितपुरको कुनै ठाउँमा लुकेको शंकामा प्रहरीले नौ ओटासम्म समूह बनाएर खोजेको थियो । 

तर उनी शुरुआतमै भागेर भारत पुगेर लुकेका थिए । 

अहिले पनि लुकेकै अवस्थामा भारतीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई सुम्पेको थियो । 

यद्यपि जनतालाई गुमराहमा पार्न माहिर प्रसाईंले आफूले स्वेच्छाले गिरफ्तारी दिएको भन्दै मूर्ख बनाउन खोजिरहेका छन् । 

प्रहरीले प्रसाईँ र खड्कालाई पक्राउ गरी उक्त चैत १५ को हिंसात्मक घटना र त्यसमा उनीहरूको भूमिकाबारे थप अनुसन्धान गर्ने जनाएको छ।

durga-prasai-arrest-81-12-29 (1).jpeg
durga-prasai-arrest-81-12-29 (2).jpeg
durga-prasai-arrest-81-12-29 (3).jpeg
durga-prasai-arrest-81-12-29 (4).jpeg
durga-prasai-arrest-81-12-29 (5).jpeg
durga-prasai-arrest-81-12-29 (6).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ