arrow

दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २९ शुक्रबार
durga-prasai-arrest-jail.jpg

काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । बिहीबार भारतमा पक्राउ परेर शुक्रबार नेपाल ल्याई दिउँसो काठमाडौँ जिल्ला अदालतमा समय थपका लागि प्रहरीले लगेकामा अदालतले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 

न्यायाधीश शिशिर ढकालको एकल इजलासले प्रसाईं र उनका अङ्गरक्षक दीपक खड्कालाई थुनामा राखेर अनुसन्धान गर्न १२ दिनको समय दिएको हो । 

उनलाई कारबाही गर्न यतिबेला प्रहरीले विभिन्न मुद्दा लगाउनेबारे तयारी गरिरहेको छ । गत चैत १५ गते राजावादीहरुको आन्दोलनमा हिंसा मच्याउन उक्साउने उक्त आन्दोलनका नाइके प्रसाईं तीनकुनेमै निषेधित क्षेत्रमा गाडी हुँइकाउँदै कार्यकर्तालाई उक्साएर आफू भागेका थिए । 

उनलाई प्रहरीले १५ गतेदेखि नै खोजी जारी राखेको भए पनि सफल हुन सकेको थिएन । कहिले ललितपुर त कहिले हेटौँडातिर रहेको शंकाबीच प्रहरीले उनलाई खोजी जारी राख्यो । 

अन्ततः उनकी भारतको असाममा पक्राउ परे । भारतीय प्रहरीले सामको गुवाहाटीबाट नियन्त्रणमा लिएर नेपालको सीमा क्षेत्रमा छाडेपछि नेपाल प्रहरीले पक्राउ गरी काठमाडौँ ल्याएर मुद्दा चलाउने तयारी गरेको हो । 

प्रहरी स्रोतका अनुसार उनी भारतमा रहेको शंकाबीच विगत एक सातादेखि भारतको असामस्थित गुवाटीमा तन्ना र चटपटे बेचिरहेका नेपाली सुरक्षाकर्मीले लोकेशन ट्र्याक गरेर भारतीय प्रहरीलाई सूचना दिएपछि बिहीबार उनलाई नियन्त्रण लिइएको थियो । 

‘दुर्गा प्रसाईंको खोजीमा गएका नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेका थिए । भारतीय प्रहरीकै सहयोगमा उनलाई नियन्त्रणमा लिन सफल भएसँगै काठमाडौँ ल्याएर काठमाडौँ जिल्ला अदालतमा पेश गरी समय थपेर अनुसन्धान थालिने छ । 

तत्काल उनलाई ज्यान मार्ने अपराधमा मुद्दा चलाउने तयारी रहेको भए पनि विभिन्न मुद्दा उनीमाथि आकर्षित हुन सक्ने देखिएको छ । 

उनीमाथि ज्यान मुद्दा, चोरी तथा डकैती, निजी सम्पत्ति तोडफोड तथा आगजनी, सार्वजनिक सम्पत्ति हानि नोक्सानी, ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण तथा संगठित अपराधमा अनुसन्धान हुने बताइएको छ । 

राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चने गरी गाडी कुँदाएका थिए । उनको उक्त दुस्साहससँगै उनका कार्यकर्ता हौसिएका थिए । त्यसपछि प्रसाईं बेपत्ता भए पनि उनका कार्यकर्ताले भने विभिन्न सार्वजनिक तथा निजी भवन तोडफोड गरेका थिए । 

साथै आगजनीसँगै लुटपाटसमेत भएको थियो । सार्वजनिक तथा निजी गरी करिब छ दर्जन सवारी साधनमा क्षति पुर्याइएको थियो । 

उक्त तीनकुनेको हिंसात्मक घटनामा पत्रकार सुरेश रजकसहित दुई जनाको ज्यान गएको थियो भने एक सय २९ जना घाइते भएका थिए । घाइते धेरैजसोलाई निको भएको छ । 

पाँच जना अझै अस्पतालमा उपचाररत छन् । 

प्रहरीले प्रसाईंलाई सोही दिनदेखि खोजी गरे पनि भगुवा भागेर भारत पुगेका थिए । यद्यपि प्रसाईंले आफू भागेर कतै नजाने, मर्न नडराउने जस्ता उत्तेजक सन्देश दिँदै कार्यकर्ता उचालेका थिए । 

१५ गतेको उक्त घटनामा जिम्मेवार ठहर्याउँदै प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र माहमन्त्री डा धवलशमशेर राणालाई भने पक्राउ गरेको छ । उनीहरुको तीन दिन म्याद थपिइसकेको छ । 

अहिलेसम्म प्रहरीले हिंसात्मक घटना, लुटपाट, आगजनी लगायतमा संलग्न भएको आरोपमा ८० जनालाई पक्राउ गरेको छ । 

प्रहरीले मिश्र र राणालाई राजद्रोह, संगठित अपराध र सार्वजनिक उपद्रवसहितका मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ। अन्यको पनि अनुसन्धान भइरहेको छ । 

यो अवस्थामा भागेर भारत गएका विवादित मेडिकल व्यवसायीसँगै सर्वसाधारणलाई उक्साउँदै आएका प्रसाईंलाई कस्तो कारबाही होला भन्ने चाँसो व्याप्त छ । 

उनले तीनकुने घटना हुनु अघिल्लो रात निर्मल निवासमा पुगेर पूर्वराजालाईसमेत भेटेर आन्दोलन चर्काउनु पर्छ भन्ने सहमति गराएको दाबी गरिएको छ । 

durga-prasai-jail-81-12-29 (3).jpeg
durga-prasai-jail-81-12-29 (4).jpeg
durga-prasai-jail-81-12-29 (5).jpeg
durga-prasai-jail-81-12-29 (1).jpeg
durga-prasai-jail-81-12-29 (2).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ