arrow

ब्ल्याक+डेकरले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा उपभोक्ता योजना सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ५ शुक्रबार
cg-black+decker-usa-brand-2025.jpg

काठमाडौँ। संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित ब्रान्ड ब्ल्याक+डेकरले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा विशेष उपभोक्ता योजना सार्वजनिक गरेको छ। ११५ वर्षको गौरवशाली इतिहास बोकेको यो ब्रान्डले नेपालमा उपलब्ध आफ्ना स्मार्ट घरेलु उपकरणहरूमा निश्चित उपहार र साप्ताहिक लक्की ड्रको अवसर प्रदान गर्दै नयाँ वर्षलाई विशेष बनाएको छ।

उक्त योजनाअन्तर्गत, ब्ल्याक+डेकरका स्मार्ट घरेलु उपकरण खरिद गर्ने ग्राहकहरूले पक्का उपहार प्राप्त गर्नेछन्। साथै, क्युआर कोड स्क्यान गरी दर्ता गरेपछि साप्ताहिक भाग्यशाली लक्की ड्रमा सहभागी हुने मौका समेत ग्राहकहरूले पाउने कम्पनीले जनाएको छ।

यस योजनाअन्तर्गत साप्ताहिक रूपमा चयन गरिने भाग्यशाली विजेतालाई ब्ल्याक+डेकरको लोकप्रिय फूड स्टीमर उपहारस्वरूप प्रदान गरिनेछ। यो उत्पादन नेपाली उपभोक्तामाझ निकै रुचाइएको र व्यावहारिक उपकरणका रूपमा चिनिएको छ।

ब्ल्याक+डेकरका स्मार्ट घरेलु उपकरणहरू नेपाली बजारमा गुणस्तर, नवीन प्रविधि र विश्वसनीयताको आधारमा तेजीले लोकप्रियता हासिल गरिरहेका छन्। यी उत्पादनहरू घरायसी कामलाई सहज, आधुनिक र प्रभावकारी बनाउने विशेषताहरूले भरिपूर्ण छन्।

उक्त उपभोक्ता योजना सीजी इलेकट्रोनिक्सद्वारा प्रस्तुत गरिएको हो। ब्ल्याक+डेकर स्मार्ट घरेलु उपकरणहरूका लागि नेपालमा एक मात्र अधिकृत वितरकको रूपमा सीजी इलेकट्रोनिक्सले ग्राहक सेवा, गुणस्तरीय उत्पादन र प्रविधिमा आधारित अनुभव दिन निरन्तर प्रतिबद्धता जनाएको छ।

नयाँ वर्षको सुरुवातसँगै ब्ल्याक+डेकरको यो योजना नेपाली उपभोक्ताका लागि सुविधाजनक र उत्साहजनक अवसर बन्ने विश्वास लिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ