arrow

आठ सयले घट्यो सुन, चाँदीको मूल्य स्थिर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ५ शुक्रबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ ।सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला रू एक लाख ९० हजार छ सयमा कारोबार भएको सुन आज तोलामा रू आठ सय घटेको छ । 

आज सुन प्रतितोला रू एक लाख ८९ हजार छ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
     
यस्तै, चाँदी रू एक हजार नौ सय ६० मा किनबेच हुनेछ । यो मूल्य आज पनि स्थिर रह्यो । 

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ