सुर्खेत । बिहीबार राति जाजरकोटको सशस्त्र प्रहरीको व्यारेकमा गोली चलाएको आरोप लागेको छ । सशस्त्र प्रहरीको थाप्लेमा रहेको भोजको आयोजना गरिएकोमा सोही भोज सकेर राति आमन्त्रित पाहुना फर्कने क्रम्मा गोली चलाएको आरोप लागेको हो ।
नेपाली सेनाको ब्यारेकबाट आएको टोलीले सशस्त्रको व्यारेकमा गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । यो विषयमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन ।
प्रजिअ मंग्राती फोन मुस्किलले उठे पनि बैठकमा भएको भन्दै अरु व्यक्तिलाई फोन उठाउन दिइएको छ । नेपाल प्रहरीका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले पटका पट्काएको जवाफ दिए ।
स्रोतका अनुसार सशस्त्रले आयोजना गरेको भोजमा प्रमुख जिल्ला अधिकारीदेखि सबै सुरक्षा अंगका टिम सशस्त्रको व्यारेकमा सहभागी रहेका थिए । भोजको कार्यक्रम पूरा भएपछि सबै आफ्नो कार्यकक्षमा फर्कदा नेपाली सेनाले गोली चलाएको आरोप लागेको छ ।
चन्दननाथ दल गण, मालिका व्यारेक, जाजरकोटका प्रमुख सेनानी दिपक केसीले आफ्नो बिदाईमा पटाका पड्काएको बताए । उनले पटाका र हतियार पड्काएको थाहा नपाउने कस्तो खालको जनता हो भन्दै प्रश्नसमेत गरेका छन् ।