arrow

संसद् बैठकमा पेश हुने गरी पारित भयो  कानून समितिको वार्षिक प्रतिवेदन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ५ शुक्रबार
kanun-samiti-82-01-05.jpg

काठमाडौँ । प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ । समितिको आज बसेको बैठकले सो प्रतिवेदन पारित गर्दै सङ्घीय संसद्को आगामी बैठकमा पेस गर्ने निर्णयसमेत गरेको छ ।
 
प्रतिवेदनमा एक वर्षको अवधिमा समितिले सम्पादन गरेका कार्य, विधेयकमाथिको छलफल, संशोधन र पारित, विभिन्न स्थलगत अनुगमनलगायतका विवरण समेटिएका सभापति विमला सुवेदीले जानकारी दिइन् । 

यस वर्ष समितिले सङ्घीय संसद्बाट जारी भएका कानुन कार्यान्वयनको अवस्थासम्बन्धी छलफल तथा हिरासतमा थुनुवाको मौलिक हकको सुनिश्चितता र कैदीबन्दी तथा बालसुधार गृहमा मानवअधिकारको अवस्थासम्बन्धी स्थगलत अनुगमन गरेको थियो ।
 
आगामी दिनमा देशका विभिन्न भागमा रहेका मध्यवर्ती क्षेत्रका जनताको मानवअधिकारसम्बन्धी विषयमा स्थलगत अनुगमन गर्ने तयारी गरिएको सभापति सुवेदीले जानकारी दिइन् ।
 
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसदीय समितिले दिएका सुझावका आधारमा मन्त्रालयले कानून संशोधनको तयारी गरिरहेको जानकारी दिइन् । उनले केही कानून संशोधनका लागि अन्तिम तयारी भइरहेको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ