काठमाडौँ । इङ्गलिश प्रिमियर लिगको इतिहासमा सबैभन्दा बढी उपाधि म्यानचेस्टर युनाइटेड (म्यानयु) को छ । म्यानयुले २० उपाधि जितेको छ । तर २१ औँ शताब्दीमा आएपछि म्यानयुलाई फोपेको छैन ।
क्लबको हालत दिनानुदिन बिग्रदो छ । यो सिजनको १५औँ हार म्यानयु को प्रिमियर लिग युगको कीर्तिमानी उच्च हो । सन् १९८९–९० पछि पहिलोपटक म्यानयुले लिग सिजनमा यति धेरै हार बेहोरेको हो । जारी सिजनमा अझै पाँच खेल खेल्न बाँकी नै छ ।
घरमै आठ खेल हार्नु सन् १९६२–६३ पछि सबैभन्दा खराब रेकर्ड हो । अहिले म्यानयुको कुल अंक ३८ मात्र छ र अझै पाँच खेल बाँकी हुँदा पनि उसले सन् २०२१–२२ को ५८ अंकभन्दा कममा रहने निश्चित छ । अधिकतम ५३ अंकमा सिजन सक्ने सम्भावना छ । यो मुस्किल छ ।
आइतबार रातिको खेलमा म्यानयु वुल्भ्ससँग १–१ ले पराजित भयो । त्यो पनि घरेलु मैदानमै ।
यसपालि म्यानयुको उपाधिसँग लिभरपुलले बराबरी गर्दैछ । लिभरपुललले १९ उपाधि जितिसकेको छ । लिभरपुलले यसपालि उपाधिबाट विमुख हुन ईपीएलमा प्रलय नै आउनुपर्छ । अर्थात् बाँकी पाँच खेलमा हारमात्र हैन आर्सनलले सबै खेल जित्न सकेमात्र लिभरपुलले उपाधि जित्ने छैन । तर फर्ममा रहेको लिभरपुलका लागि हार धेरै सम्भव छैन ।