arrow

सुन आकाशिँदै, एकैदिन तोलामा छ हजार नौ सयले बढ्यो, दुई लाख नजिक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ९ मंगलबार
gold-silver-new-hk-2081.jpg

पोखरा । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई लाख रुपैयाँ नजिक पुगेको छ ।

आज मंगलबार छापावाला सुनको भाउ एक लाख ९७ हजार नौ सय रुपैयाँ पुगेको छ ।

सोमबार प्रतितोला एक लाख ९१ हजार रहेको सुनको भाउ आज एकै दिन छ हजार नौ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, आज असली चाँदीको भाउ पनि बढेको छ ।

सोमबार प्रतितोला एक हजार नौ सय ६० रुपैयाँका कारोबार भएको चाँदी आज एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ