आतंकवादीलाई मोदीको सन्देश - पृथ्वीको अन्तिम छेउँसम्म लखेट्ने छौँ
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ११ बिहिबार
1.7k
Shares
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादीलाई कडा सन्देश दिएका छन् । बिहारको मधुबनीमा बोल्दै मोदीले ‘पहलगामका दोषीलाई माटोमा मिलाउने समय आएको छ । आतंकवादीले कल्पना गरेभन्दा ठूलो सजाय मिल्नेछ’ भने ।
उनले अगाडि भने, ‘आतंकवादी हमलामा कसैले आफ्नो छोरो गुमाएका छन् । कसैले भाइ, कसैले जीवनसाथी गुमाए ।’
मोदीले विश्वलाई नै सन्देश दिँदै भने, ‘हामीले उनीहरु (आतंककारी) लाई पृथ्वीको अन्तिम छेउँसम्म लखेट्ने छौँ । आतंकवादबाट भारतको आत्मा छुट्ने छैन । आतंकवादलाई सजाय मिल्नेछ ।’
मोदीले अन्तिममा भने, ‘न्याय सुनिश्चित गर्न हरसम्भव प्रयास गरिने छ । पूरा देश यसै संकल्पमा एक छ । मानवतामा विश्वास राख्ने हरेक व्यक्ति हाम्रो साथमा छन् । म विभिन्न देशका देशवासी र उनीहरुका नेताहरुलाई धन्यवाद दिन चाहन्छु जो हाम्रो साथमा खडा रहेका छन् ।’