arrow

प्रचण्डले खाए भक्सी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १६ मंगलबार
prachanda-bhaksi.jpg

काठमाडौँ । हुलाकी राजमार्ग केन्द्रित जनतासँगको माओवादी तराई–मधेस जागरण अभियानको क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको टिमले सुदूरपश्चिम अछामी समुदायको परम्परागत परिकार खाजाको रूपमा स्वाद चाखेको छ।

खाजामा विशेषगरी अछामीहरूको पहिचान झल्काउने परिकार भक्सी र डल्ला मासको मसला राखिएको थियो। भक्सी चामलको पिठोमा मह र घ्यू मिसाएर बनाइन्छ। 

तयार पारिएको मिश्रण केराको पातमा बेरेर भौरोमा स्टिम (बाफ) गरिन्छ। यस्तै, डल्ला मासलाई विशेष मसला हालेर केराको पातमा बेरि स्टीम गरिएको अर्को लोकप्रिय परिकार हो।

 स्थानीय संस्कृतिको सम्मानस्वरूप अभियान टोलीले केराको पातमा परोसीएको भक्सी र डल्ला मास स्वादले भरिपूर्ण परिकार खाजा रूपमा ग्रहण गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ