arrow

भन्सार विधेयक १८ महिनापछि प्रतिनिधि सभाबाट पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १६ मंगलबार
parliament-82-1-16b.jpg

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले भन्सार विधेयक पारित भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यस लगत्तै आजको बैठकले भन्सार बिधेयक पारित गरेको हो । तत्कालीन अर्थमन्त्री डा प्रकाशशरण महतले गत १८ असोज २०८० मा प्रतिनिधि सभामा दर्ता गरेको विधेयक १८ महिनापछि आज बल्ल पारित भएको हो ।
 
अर्थ समितिबाट पारित भएर १४ वैशाख २०८१ मा सभामा गएको सो विधेयक प्रतिनिधि सभापछि अब राष्ट्रिय सभामा जानेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ