arrow

उपभोक्तालाई हल्का राहत

घट्यो पेट्रोलियम पदार्थको भाउ

पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा समान १ रुपैयाँ घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १७ बुधबार
nepal-oil-corporation-2080-03-21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेशनले भाउ घटाएर पठाएपछि नेपाल आयल निगमले मूल्य समायोजन गरेको हो । 

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा समान १ रुपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २९ डलर घटाइएको छ । 

एलपी ग्यास प्रति सिलिन्डर १५ रुपैयाँ ७० पैसा घटेर आएको भए पनि हालको मूल्य यथावत् राखिएको छ । 

यो मूल्य समायोजनले उपभोक्तालाई हल्का राहत दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ