संसदीय समितिद्वारा निर्माणाधीन संसद भवनको निरीक्षण, म्याद थपको कारण माग [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २१ आइतबार
698
Shares
काठमाडौँ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले निर्माणाधीन संसद भवनको अनुगमन गरेको छ । आइतबार संसदीय समितिले सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको अनुगमन गरेको हो । निरीक्षणका क्रममा समिति सभापति ठाकुर गैरेसहितका समितिका सदस्यहरू थिए ।
मन्त्रालयले २ सय दिनभित्र निर्माण सक्न पनि तीन चरणमा काम गर्नुपर्ने आवश्यकता रहेको सभापति गैरेले बताए । मन्त्रालयले नियमित अनुगमन नगर्ने हो भने समयमै काम सकिन कठिन रहेको बताए । उनले अब थपिने म्यादभित्र काम सक्न निर्देशन दिए । समितिले नयाँ बन्ने संसद भवनको काम सम्पन्न गर्न अब म्याद थप गर्दा सम्बन्धित मन्त्रीले समितिमा उपस्थित भएर कारण उपलब्ध गराउन निर्देशन दिएको छ ।