arrow

तेह्रथुमको पर्यटन गुरुयोजना बनाइदै

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७३ माघ १ शनिबार
tourist-nepal.jpg.jpeg
तेह्रथुम। तेह्रथुम जिल्लाको पर्यटन गुरु योजना सम्बन्धी अन्तरकृया कार्यक्रम शुक्रबार म्याङलुङ्गमा सम्पन्न भएको छ । जिविसको हलमा भएको कार्यक्रममा जिल्लामा भएका पर्यटनको सम्वाव्यताहरुको बारेमा विभिन्न समूह बनाई छलफल भएको थियो ।
 
म्याङ्गलुङ्ग नगरपालिका भएका पर्यटकिय सम्भाब्यताको बारेमा किशोरचन्द्र दुलाल, लागिगुरास नगरपालिकाको बारेमा प्र्रकाश श्रेष्ठ, छथर गाउँ पालिकाको बारेमा सन्तोष तिगेला, मेन्छेयाम गाउँ पालिकाको बारेमा महेन्द्र बस्नेत, फेदाप गाउ पालिकाको बारेमा बृख वहादुर तामाङ्ग र आठराई गाउ पालिकामा भएका भएका पर्यटकिय सम्भाब्यताको बारेमा लक्ष्मी मिश्रले जानकारी गराएका थिए । 
 
 कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, निमित्त स्थानीय विकास अधिकारी भरदकुमार यादवले पर्यटनको बारेमा आ–आफ्ना भनाई राखेका थिए. । जिविसको आयोजनामा भएको कार्यक्रममा त्रीभुवन विश्व विद्यालयका प्राध्यापक पशुपति न्यौपाने, राष्ट्रिय सर्भिसेज प्रालिका प्रतिनिधि अर्जुन कुमार शर्माले सहजीकरण गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ