arrow

सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर’ मा उत्साहजनक सहभागिता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २ शुक्रबार
sipradi-football-for-future-in-pokhara-2082.jpg

काठमाडौँ। देशका विभिन्न भूभागका बालिकाहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि र समावेशी अवसर सिर्जनाको उद्देश्यले सिप्रदीयन सहायता संस्था अन्तर्गत सिप्रदी इम्प्याक्ट र काठमाडौँ किकर्सको सहकार्यमा निःशुल्क ‘फुटबल फर फ्युचर’– देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर’सञ्चालनमा ल्याएको छ।

हालै पोखरामा सञ्चालन गरिएको ३ दिने प्रशिक्षणमा ३०० भन्दा बढी स्थानीय समुदायका बालिकाहरूले उत्साहका साथ सहभागिता जनाएका थिए। पहिलो चरणमा धरानबाट सुरु गरिएको प्रशिक्षण शिविर, जनकपुर हुँदै पोखरामा सकिएको छ।

सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु दाहालले भने, ‘पोखरामा सहभागीहरूमा देखिएको उत्साहले हामीहरूमा यो प्रशिक्षण शिविरको लागि थप ऊर्जा मिलेको छ। सहभागीहरूसँग अपार सम्भावना छ, तर आवश्यक पूर्वाधार र प्रशिक्षणको अभाव छ। हामी विश्वास गर्छौँ कि यो पहलले उनीहरूको जीवनमा ठूलो प्रभाव पार्नेछ। हरेक बालिकाले आफ्नो क्षमतामा विश्वास गरुन्, अवसरहरू खोजुन्, र आफ्नो समुदायमा परिवर्तन ल्याउन सकुन् भन्ने उद्देश्यले सुरु गरिएको यो कार्यक्रमले अझै धेरै जनाको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेमा हामी विश्वस्त छौँ।’

काठमाडौँ किकर्सका प्राविधिक निर्देशक ली म्यान्सनले बताए, ‘काठमाडौँ किकर्स सिप्रदीसँग ‘फुटबल फर फ्युचर’ मा सहकार्य गर्न पाउँदा अत्यन्तै खुसी छ। दुवै संस्थाको साझा लक्ष्य भनेको सम्भावना भएका खेलाडीहरूको सशक्तीकरण हो। र अन्य देशमा महिलाको राष्ट्रिय टोलीसँगको मेरो अनुभव यो लक्ष्यलाई पूरा गर्न कोसेढुंगा साबित भइरहेको छ।’

पोखरापछि ‘फुटबल फर फ्युचर’ – देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर अब सुर्खेत र धनगढीमा हुन लागिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ