arrow

समिट एयरको विमान काठमाडौँमा आकस्मिक अवतरण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
summit-air-nepal.jpg
तस्बिर फाइल

काठमाडौँ । काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर ३०१ विमानमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहान लुक्ला उडेको उक्त विमान सोलुखुम्बुको फाप्लु क्षेत्रमा पुगेपछि प्राविधिक समस्या देखिएपछि विमानचालकले काठमाडौँ फर्काउने निर्णय लिएका थिए। विमान बिहान ७ बजेर २४ मिनेटमा सुरक्षित रूपमा आकस्मिक अवतरण गरेको हो।

विमानको इन्जिनमा समस्या देखिएको र अहिले प्राविधिक टोलीले मर्मत गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ। उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार थिए र सबै यात्रु सुरक्षित रहेको पनि कार्यालयले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ