एकैदिन पाँच हजारले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ७ बुधबार
536
Shares
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको भारी वृद्धिसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको छ। विगत तीन दिनदेखि स्थिर रहेको पहेँलो धातु सुनको मूल्य आज तोलामा रु पाँच हजारले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८९ हजार ८०० कायम भएको छ। यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज एक तोला चाँदी रु ५० ले बढेर रु एक हजार ९९० मा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार ३२१ डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुको कारण विभिन्न भू-राजनीतिक अस्थिरता र विश्व अर्थतन्त्रमा देखिएका उतारचढावलाई मानिएको छ, जसको असर स्थानीय बजारमा परेको हो।