arrow

सकिँदै प्रिमियर लिग, अन्तिम १० खेल राति पौने ९ बजे, तेस्रोदेखि साताैँको छिनोफानो हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
EPL-premier-league.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलको अन्तिम भिडन्त आज हुँदैछ । ३८ औंँ चरणका सबै १० खेल आज हुन लागेका हुन् । 

खेल राति पौने ९ बजे सबै अन्तिम १० खेल हुँदैछन् । जसमा बर्नमाउथले लेस्टर सिटीसँग, फुल्हमले म्यानचेस्टर सिटीसँग, इप्सविच टाउनले वेष्टह्याम युनाइटेडसँग, लिभरपुलले क्रिष्टल प्यालेससँग तथा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लासँग खेल्दैछ । 

त्यस्तै न्यूकासल युनाइटेडले एभर्टनसँग, नटिंघम फरेस्टले चेल्सीसँग, साउथह्याम्पटनले आर्सनलसँग, टोटनह्याम हट्सपरले ब्राइटनसँग तथा वुल्भ्सले ब्रेन्टफोर्डसँग खेल्दैछ । 

उपाधि लिभरपुलले जितिसकेको छ । आर्सनल दोस्रो हुने पक्का रहेको छ भने तेस्रोदेखि सातौँसम्मको छिनोफोनो अन्तिम खेलबाटै हुनेछ । 

म्यानचेस्टर सिटीको ६८ अंक छ । न्यूकासल युनाइटेड, चेल्सी र एस्टन भिल्लाको समान ६६ अंक छ । नटिंघम फरेष्टको ६५ अंक रहेको छ । अन्तिम भिडन्तबाटै यी टिमहरुले च्याम्पियन्स लिग खेल्न पाउने, युरोपा लिगमा जाने वा युरोपा कन्फरेन्स लिगमा छनोट हुने भन्ने तय हुनेछ । 

शीर्ष पाँचमा रहने टिमले च्याम्पियन्स लिग खेल्नेछ भने छैटौँ हुने टिमले युरोपा लिग खेल्न पाउने छ । त्यस्तै सातौँ हुने टिमले युरोपा कन्फरेन्स लिग खेल्नेछ । 

तीन टिम लेस्टर सिटी, इप्सविच टाउन र साउथह्याम्पटन रेलिगेशनमा परिसकेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ