arrow

इङ्गलिश प्रिमियर लिगका अन्तिम चरणका खेल सकिए, यस्तो छ नतिजा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
mancity-25-5-25.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिगको सन् २०२४–२५ को सिजन सकिएको छ । गएराति अन्तिम ३८ औँ चरणका खेलहरु भएका छन् । उपाधि लिभरपुलले जितिसकेको अवस्थामा कसले कलाई हरायो वा बराबरी भयो ? 

उपाधि विजेता लिभरपुलले क्रिस्टल प्यालेससँग १–१ गोलको बराबरी खेल्यो । त्यस्तै बर्नमाउथले लेस्टर सिटीलाई २–० ले हरायो । म्यानचेस्टर युनाइटेडले फुल्हमलाई २–० ले हरायो ।

वेष्ट ह्याम युनाइटेडले इप्सविच टाउनलाई ३–१ ले हरायो । म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई २–० ले हरायो । एभर्टनले न्यूकासल युनाइटेडलाई १–० ले हरायो । चेल्सीले नटिंघम फरेस्टलाई १–० ले हरायो ।

आर्सनलले साउथह्याम्पटनलाई २–१ ले हरायो । ब्राइटनले टोटनह्याम हट्सपरलाई ४–१ ले हरायो भने वुल्भस् र ब्रेन्टफोर्डले १–१ गोलको बराबरी खेलेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ