arrow

स्पष्टीकरण प्रस्तावमाथि सांसद शर्माको टिप्पणी – सत्य र न्यायका लागि सुकरातले विष पिएझैँ लड्छौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
shekhar-sunil-rajendra.jpg

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा डा शेखर कोइराला, राजेन्द्र बजगाईं र डा सुनिल शर्मासँग स्पष्टीकरण माग्नुपर्ने प्रस्ताव आएपछि डा शर्माले कडा प्रतिक्रिया जनाएका छन् ।

बैठकमा सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पार्टी नेताहरूलाई बोलाएर कुराकानी गर्न सुझाव दिइएको थियो । नेता डा शशांक कोइरालाका अनुसार सभापतिलाई ती नेताहरूसँग भेटेर स्पष्ट पार्न आग्रह गरिएको भए पनि देउवाले यसबारे कुनै जवाफ नदिएको बताए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेपछि गृहमन्त्रीको राजीनामा माग गरिएको थियो। तर सोमबारको बैठकले लेखकको संलग्नता पुष्टि नभएको भन्दै अफवाहकै भरमा राजीनामा माग्न नमिल्ने निष्कर्ष निकालेको छ।

यसै सन्दर्भमा डा शर्माले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, ‘युग परिवर्तन गर्न, सत्य र न्यायका लागि लड्न पश्चिमा दर्शनका जनक सुकरातले हेमलट विष पिएर आधुनिक युगको प्रारम्भ गर्नुभयो। सबैलाई चेतना भया ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ