arrow

बढ्यो पेट्रोलियम पदार्थको भाउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १७ शनिबार
nepal-oil-corporation-2080-03-21.jpg

काठमाडौँ । पेट्रोलियम पदार्थको भाउ बढेको छ । इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको भाउ बढाएर पठाएसँगै नेपाल आयल निगम लिमिटेडले समायोजन गर्दा मूल्य बढेको हो । 

बढेर आएको मूल्य अनुसार पेट्रोलमा साविकको मूल्यमा प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा समान १ रुपैयाँ बढाइएको छ । 

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलोलिटर २२ डलरले घटाइएको छ । 

अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन पइन्टमा बिक्री मूल्य कायम गरिएको छ । 

यस्तै एलपीजी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ । 

बढेको मूल्य शनिबार मध्यराति १२ बजेपछि लागू हुनेछ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ