arrow

नेवार समुदायले मनाए शिथिः नखः पर्व

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
sisi-nakha.jpg

काठमाडौं। नेवार समुदायले आज शिथिः नखः पर्व हर्षोल्लासका साथ मनाएका छन्। यो पर्वलाई कुमार कार्तिकेय (शिथि द्यः) को जन्मजयन्तीका रूपमा मनाइन्छ।

धार्मिक महत्वका साथसाथै शिथिः नखः पर्वलाई पर्यावरणीय महत्व बोकेको पर्वका रूपमा पनि लिइन्छ। परापूर्वकालदेखि नै नेवार समुदायले यस दिनलाई वातावरण दिवसका रूपमा मनाउँदै आएका छन्।

यस पर्वमा पानीका मुहानहरू जस्तै इनार, धारा, कुवा र बाटोघाटोको सरसफाइ गर्ने चलन छ। यसले पानीका स्रोतहरूलाई स्वच्छ राख्न र वातावरणीय सरसफाइमा योगदान पुर्याउने सन्देश दिएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ