माओवादी केन्द्र संसदीय दलको बैठक आज बस्दै, बजेट र समसामयिक राजनीतिमा छलफल हुने
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १९ सोमबार
540
Shares
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज (सोमबार) मध्याह्न बस्दैछ।
माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने यस बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटका सम्बन्धमा विस्तृत छलफल हुनेछ।
साथै, समसामयिक राजनीतिक विषयहरूमाथि पनि छलफल गरिने कार्यसूची रहेको छ।