लिग २ मा नेपाल र स्कटल्याण्ड मैदानमा, नेपाल बलिङमा
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १९ सोमबार
709
Shares
काठमाडौँ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा अहिले स्कटल्यान्डसँग खेलिरहेको छ । स्कटल्याण्डको डुन्डीमा भइरहेको खेलमा टस जितेर नेपालले पहिले बलिङ गरिरहेको छ ।
नेपाल अंक तालिकामा कमजोर बन्दै गएको अवस्थामा स्कटल्याण्डसँग उसकै मैदानमा खेलिरहेको हो । अंक तालिकामा स्कटल्यान्ड १६ खेलबाट २० अंक बटुल्दै चौथो स्थानमा छ ।
आठ टिम सहभागी लिग २ मा नेपाल १२ खेलबाट मात्र ६ अंकसहित पुछारमा छ । नेपालले यसपालि यसअघिको साख जोगाउने सम्भावना कमजोर बनेको छ ।
स्कटल्याण्ड भ्रमणमा रहेको नेपालले खेलअघि स्कटल्यान्डको ए टोलीसँग दुई अभ्यास खेल खेलेको थियो।
पहिलो खेलमा नेपाल १०२ रनले पराजित भएको थियो । अर्को खेल भने नतिजाविहीन भएको थियो।