arrow

रास्वपाले स्थापना दिवसमा नीति सम्मेलन आयोजना गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २० मंगलबार
raswapa-nirnaya.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थापना दिवसको अवसर पारेर बृहत् नीति सम्मेलन आयोजना गर्ने भएको छ। सोमबार बसेको पार्टीको सचिवालय बैठकले यो निर्णय गरेको प्रवक्ता (कार्यवाहक) मनिष झाले जानकारी दिए।

उक्त सम्मेलनका लागि सहमहामन्त्री विपिनकुमार आचार्यलाई आयोजक समितिको संयोजक तोकिएको छ। यस्तै, पार्टीले प्रदेश, जिल्ला र स्थानीय तहमा पनि विभिन्न कार्यक्रमहरू आयोजना गरी स्थापना दिवस मनाउने निर्णय गरेको छ।

रास्वपाको सचिवालय बैठकले सहकारी रकम अपचलन प्रकरणमा कहीँकतै संलग्नता नभए पनि पार्टी सभापति रवि लामिछानेलाई झुठा मुद्दा लगाइएको ठहर गरेको छ।

बैठकमा प्रदेश इञ्चार्जहरू सन्तोष परियार (कोसी), मनिष झा (मधेस), लिमा अधिकारी (बागमती), शिशिर खनाल (गण्डकी), विपिनकुमार आचार्य (लुम्बिनी), गणेश पराजुली (कर्णाली) र हरि ढकाल (सुदूरपश्चिम) ले आ-आफ्नो प्रदेशमा पार्टीको अवस्थाबारे जानकारी गराएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ