प्रधानमन्त्री मोदीले झण्डा देखाएर गरे चेनाब पुलको उद्घाटन
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २३ शुक्रबार
2.8k
Shares
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत अप्रिल २२ मा आतंकवादीको पहलगाम आक्रमणपछि पहिलो पटक जम्मू–कश्मीर पुगेका छन् । उनले रियासी जिल्लामा चेनाब नदीमा बनेको विश्वको सबैभन्दा अग्लो रेलवे आर्च पुलको उद्घाटन झण्डा देखाएर गरे ।
यसपछि उनले कटरामा अन्जी पुल र कश्मीरको पहिलो रेल वन्दे भारतलाई हरियो झण्डा देखाएर प्रस्थान गरे । मोदीले कटरामा ४२ मिनेटको भाषण दिए । यसमा उनले आतंकवाद, पाकिस्तान र पर्यटनबारे उल्लेख गरे ।
प्रधानमन्त्रीले भने, ‘दुर्भाग्यवश हाम्रो छिमेकी देश मानवताको विरुद्धमा छ, सद्भावको विरुद्धमा छ। यो त्यस्तो देश हो जुन गरिबहरूको जीविकोपार्जनको विरुद्धमा पनि छ। २२ अप्रिलमा पहलगाममा जे भयो त्यो यसको उदाहरण हो । पाकिस्तानले मानवता र कश्मीरियतमाथि आक्रमण गर्यो । हामीले मे ६ मा त्यसमाथि प्रलयको वर्षा गर्यौं ।’