arrow

सशस्त्र प्रहरी बल ४ नम्बर गणबाट पाँच करोडभन्दा बढी राजस्व सङ्कलन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २४ शनिबार
apf-armed-police-force-logo.jpg

सुनसरी । सशस्त्र प्रहरी बल ४ नम्बर गणले चालु आर्थिक वर्षमा रु पाँच करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । 

सशस्त्र प्रहरी बलले चालु आवको पहिलो १० महिनामा रु पाँच करोड एक लाख ९७ हजार ४४५ राजस्व सङ्कलन गरेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए । 

चालु आवको साउनमा रु ४७ लाख ३४ हजार ४६९, भदौमा रु ६१ लाख पाँच हजार ५०२, असोजमा रु ३२ लाख ९ हजार ५३६, कात्तिकमा रु ३६ लाख ३७ हजार २०७, मङ्सिरमा रु ५२ लाख ९१ हजार ५६४, पुसमा रु ७१ लाख ६८ हजार २९८, माघमा रु ४० लाख ३२ हजार ६५५ राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी, फागुनमा रु ४२ लाख ९५ हजार ६७२, चैतमा रु ३४ लाख ५५ हजार ५०५, वैशाखमा रु ४७ लाख एक हजार ३८७ र जेठमा रु ३५ लाख ६५ हजार ५५० गरी जम्मा रु पाँच करोड एक लाख ९७ हजार ४४५ राजस्व सङ्कलन भएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ