arrow

सुनको मूल्यमा तोलामा तीन हजारले गिरावट, चाँदी पनि घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २५ आइतबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घटेको छ। शुक्रबारको तुलनामा आज सुनको मूल्यमा उल्लेख्य गिरावट आएको हो। यसैगरी, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ। सोही परिमाणको चाँदीको मूल्य भने २ हजार १४५ रुपैयाँ निर्धारण भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार आज एक औंस सुनको मूल्य ३ हजार ३११ डलर कायम भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ