arrow

सभामुखको दाबीः प्रतिनिधि सभा बैठक आज २ बजेदेखि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २६ सोमबार
devraj-ghimire-82-2-26.jpg

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज २ बजेदेखि संसद् बैठक सञ्चालन हुने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा राससमा ‘पवर्तीय पर्यटन – हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि उनले प्रतिनिधि सभा केही दिनदेखि अवरुद्ध भएको बैठक आज २ बजेदेखि सञ्चालन हुने बताएका हुन् ।
 
“सदन अवरूद्ध हुनुपर्ने नै होइन, तर भयो, प्रतिनिधि सभा बैठक आज २ बजेदेखि सञ्चालन हुनेछ,” सभामुख घिमिरेले भने, “सामान्यतया ११ बजे, १ बजे राखिने बैठक सञ्चालन गर्नका लागि २ बजे राखिएको हो, मलाई आशा छ, २ बजेदेखि संसद सुरू हुन्छ ।”
 
उनले बजेटको महत्त्वपूर्ण कार्यसूचीमा छलफल गर्न लागेको अवस्थामा बैठक अवरुद्ध हुने अब छलफलमा भाग सांसद सङ्ख्या घटाउनुपर्ने, विधि पुर्‍याएर छलफल गर्नुपर्ने उल्लेख गर्दै भने, “नोक्सानी हुने त भइसक्यो, अबको कार्यसूची त्यहीअनुसार बनाएर जानुपर्छ, विधिअनुसार बजेटमाथिको छलफल सक्नुपर्छ । ”
 
सभामुखघिमिरले बजेटमाथिको छलफल समयभित्र सक्नका लागि त्यहीअनुसार कार्यसूची समेत तयार हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ