arrow

‘राइड विथ मेसिलिन’को पहिलो संस्करण सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १० मंगलबार
sipradi-ride-with-michelin.jpg

काठमाडौँ। विश्वकै नम्बर १ टायर ब्रान्ड मेसिलिनद्वारा आयोजित ‘राइड विथ मेसिलिन’ कार्यक्रमको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ। मेसिलिन टायरको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिको आयोजनामा सम्पन्न उक्त मोटरसाइकल राइड २०८२ असार ६ गते शुक्रवार काठमाडौँबाट सुरु भएको हो।

राइडमा सहभागी राइडर्सहरू सुकुटे पुगेपछि राति त्यहीँ विभिन्न रोमाञ्चक गतिविधिहरू तथा गेमहरूमा सहभागी भएका थिए। भोलिपल्ट शनिवार (असार ७) बिहान काठमाडौँ फर्किएसँगै यो राइड पूर्ण रूपमा सम्पन्न भएको हो।

उक्त राइड काठमाडौँदेखि सुकुटेसम्मको आकर्षक र रमणीय मार्ग हुँदै सम्पन्न भएको थियो। राइडमा ५० वटा रोयल इनफिल्ड मोटरसाइकलहरूको सहभागिता रहेको थियो।

सिप्रदी अटोपार्ट्सका अनुसार, नेपालमा मेसिलिन टायरको ब्रान्ड प्रमोसन तथा विशेष गरी रोयल इनफिल्ड मोटरसाइकलका लागि उपयुक्त टायरको पहिचान गराउनका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमले बाइक प्रेमीहरूमा मेसिलिन टायरप्रति विश्वास र उत्साह बढाउनुका साथै विश्व स्तरीय टायर अनुभव गराउने उद्देश्य राखेको थियो।
कार्यक्रममा जेरो इन्जिनियरिङ मोटरसाइकल राइड पार्टनरको रूपमा सक्रिय सहभागिता जनाएको थियो।

सिप्रदी अटोपार्ट्सले आगामी दिनहरूमा समेत यस्ता राइड तथा प्रमोशनल गतिविधिहरूलाई निरन्तरता दिने बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ