arrow

रौतहटमा सेफ्टी ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ११ बुधबार
rautahat1.png

चन्द्रपुर (रौतहट)। रौतहटको चन्द्रपुर नगरपालिका–१०, बिनुवाटोलमा दुई बालबालिकाको ट्वाइलेटको सेफ्टी ट्याङ्कीमा डुबेर मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार, मंगलबार साँझ चन्द्रपुर–१०, बिनुवाटोलका दुई वर्षीय रन्जे साह र सोही गाउँकी दुई वर्षीया खुश्बु साह स्थानीय हृदय पासवानको घरमा खेल्ने क्रममा सेफ्टी ट्याङ्कीमा डुबेका थिए। 

दुवै बालबालिकाको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यो घटनाले बालबालिकाको सुरक्षामा थप सचेतना अपनाउनुपर्ने आवश्यकता देखाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ