arrow

यसरी असार १५ मनाए खोकना र बुङ्‍मतीवासीले [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १५ आइतबार
ropai-asar-13-khokana-bung.jpeg

काठमाडौँ । तीव्र सहरीकरणका कारण काठमाडौँ उपत्यकामा खेतीयोग्य जमीन कम हुँदै गइरहेको छ । त्यसमा पनि धान रोपाइँ गर्ने ठूला फाँटहरु त देख्नै मुस्किल हुन थालेको छ ।

यद्यपि केही ठाउँमा मानिसहरुले धान रोपाइँलाई निरन्तरता दिइरहेका छन् । ललितपुरको बुङ्‍मती र खोकनाका स्थानीय यतिबेला धान रोपाइँमा व्यस्त छन् । समयमै पर्याप्त वर्षा भएकाले रोपाइँ सहज भएको छ ।

खोकना र बुङ्मतीवासीले असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा जोडतोडले रोपाइँ गरेर मनाएका हुन् । 

धान दिवस
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज देशभर खेतमा काम गरी दही चिउरा खाएर मनाइएको छ । कामको चटारोले थकित किसानहरूले शक्ति प्राप्तिका लागि दही चिउरा खाने गर्छन्, जसले शरीरमा शीतलता प्रदान गर्दै शक्ति सञ्चय हुने विश्वास गरिन्छ । 

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्व का रूपमा पनि लिइन्छ, र खेतीपातीबाहेक अन्य पेशामा लागेका नेपालीले पनि आज यो पर्व मनाउँछन्।

नेपाली संस्कृतिमा दहीको महत्त्वपूर्ण स्थान छ। कुनै पनि शुभकार्यका लागि घर बाहिर निस्कँदा वा विदेश जाँदा दही(अक्षता मुछेर निधारमा टीका लगाउने र सगुनका रूपमा दही खुवाएर बिदाइ गर्ने परम्परा छ, जसले शुभसाइत पर्ने जनविश्वास रहिआएको छ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ। यसले पाचन शक्ति बढाउनुका साथै पखाला लागेका बेला औषधिको काम गर्छ। आयुर्वेदमा ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ अर्थात् भोजनपछि मोही पिएमा स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने भनाइ पनि उल्लेख छ । 

यसरी दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रूप लिएको छ, जसले असार १५ गतेलाई राष्ट्रिय सांस्कृतिक पर्व बनाएको छ।

विसं २०६१ मङ्सिर २९ गतेको मन्त्रीस्तरीय निर्णयमार्फत २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषिप्रधान देश भएकाले नेपालमा अधिकांश मानिसको पेसा खेतीपाती हो। किसानहरू वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् ।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ। 

मध्य गर्मीमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ।

यद्यपि यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुन सकेको छैन। 

कतिपय ठाउँमा रासायनिक मलको अभाव भएको गुनासो किसानहरूले गरेका छन्, यद्यपि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको दाबी गरेको छ।  

ropai-asar-13-khokana-bungmati (18).jpeg
ropai-asar-13-khokana-bungmati (17).jpeg
ropai-asar-13-khokana-bungmati (16).jpeg
ropai-asar-13-khokana-bungmati (15).jpeg
ropai-asar-13-khokana-bungmati (14).jpeg
ropai-asar-13-khokana-bungmati (13).jpeg
ropai-asar-13-khokana-bungmati (12).jpeg
ropai-asar-13-khokana-bungmati (11).jpeg
ropai-asar-13-khokana-bungmati (10).jpeg
ropai-asar-13-khokana-bungmati (9).jpeg
ropai-asar-13-khokana-bungmati (8).jpeg
ropai-asar-13-khokana-bungmati (7).jpeg
ropai-asar-13-khokana-bungmati (6).jpeg
ropai-asar-13-khokana-bungmati (5).jpeg
ropai-asar-13-khokana-bungmati (4).jpeg
ropai-asar-13-khokana-bungmati (3).jpeg
ropai-asar-13-khokana-bungmati (2).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ