arrow

कांग्रेसका भ्रातृ संस्थाको महाधिवेशन मिति प्रस्ताव, तरुणको तदर्थवाद मंसिरसम्म लम्बिने संकेत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १६ सोमबार
congress-central-committee-82-3-16ff.jpg

काठमाडौँ । नेपाली कांग्रेसका भ्रातृ एवं भगिनी संघहरुको हुन बाँकी महाधिवेशनको मिति अझ लम्ब्याउने योजनामा ती संघ संस्था देखिएका छन् । 

पार्टीले गत चैत मसान्तभित्र महाधिवेशन गर्न निर्देशन दिएको भए पनि सम्बन्धित संघहरुले अटेर गरेर अहिलेसम्म महाधिवेशन गरेका छैनन् । 

कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा केही संघले भने महाधिवेशन गर्नका लागि समय माग्दै मितिसमेत तोकेर पठाएको जानकारी दिइएको छ । 

जसअनुसार सबैभन्दा बढी विवादित नेपाल तरुण दलले भने आगामी मंसिरको अन्तिममा महाधिवेशन गर्ने गरी मिति तोकेर पठाएको छ । तरुण दलको तदर्थवादको अन्त्यका लागि पटक पटक आान्दोलन भएको छ । दुई जना अहिले पनि पार्टी कार्यालयमा आमरण अनसनमा छन् । 

त्यस्तै थारु संघले भदौ २० वा असोज २५ गते, लोकतान्त्रिक खेलकुद संघले भदौ २०–२१ गते, किसान महासंघले भदौ ३ गतेदेखि महाधिवेशन गर्ने भनी प्रस्ताव पत्र पठाएको छ ।

दलित संघ, महिला संघ र नेविसंघले भने अहिलेसम्म समयसमेत तोकेर पठाउने सकेका छैनन् । 

कांग्रेसका यी भ्रातृ एवं भगिनी संस्थाहरु वर्षौँदेखि तदर्थवादमा चलिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ