arrow

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १७ मंगलबार
nepal-oil-corporation-2080-03-21.jpg

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले सोमबार मध्यराति १२ः०० बजेपछि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु पाँचले वृद्धि गरेको छ । 

यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर रु चारले वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु १६५ पुगेको छ भने डिजल र मट्टितेल प्रतिलिटर रु १४९ पुगेको छ । 

इण्डियन आयल निगमले सोमबार पठाएको नयाा सूचीअनुसार नेपालमा मूल्यवृद्धि गरिएको निगमले जनाएको छ । 

यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको निगमले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ