सांसदलाई झुक्याएर कुलिङ पिरियड घुसाउनेलाई कारबाही गर्न सूर्य थापाको माग
हाम्रा कुरा
प्रकाशित २०८२ असार १७ मंगलबार
3.3k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने राज्य ब्यवस्था सभापति रामहरी खतिवडालाई कारबाही गर्नु पर्ने माग उठेको छ ।
राज्य ब्यवस्था समितिमा रोकिएको ‘कुलिङ पिरियड’ संसदमा प्रतिवेदन लैजाँदा सभापति खतिवडाले घुसाएर पठाएको भन्दै कारबाहीको माग गरिएको हो ।
नेकपा एमालेका सांसद सूर्य थापाले खतिवडालाई कारबाही गर्नु पर्ने माग गरेका हुन् । ‘समितिको प्रतिवेदनमै नरहेको ‘बाहेक’ शब्द छलछाम गरी घुसाउने को हो ? भन्दै थापाले भनेका छन्, ‘राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले जिम्मेवारी लिनुपर्छ, यदि यस्तो गरेको तथ्य हो भने यो अत्यन्त गैरजिम्मेवार र जवाफदेहिताविहीन कार्य क्षमायोग्य हुन सक्दैन ।’
उनले अगाडि भनेका छन् ‘कानून निर्माणमा विधि र प्रक्रियाविपरीतको कुशासन नै हावी देखियो, सार्वभौम संसद र जननिर्वाचित सांसदहरूले छलफल र पारित गरेको कानूनमा कसले के कैफियत गर्यो ?यो गम्भीर विषयय भएको छ ।’
निजामती सेवा विधेयकमा कुलिङ पिरियड नराख्ने सहमति समितिमा भए पनि संसदमा पुगेको विधेयकमा भने कुलिङ पिरियड राखेर पारित भएको रहस्य खुलेपछि यतिखेर खतिवडाको आलोचना भइरहेको छ ।